१९५५ को ‘फेरारी ४१० स्पोर्ट स्पाइडर’ आरएम सोथेबीको लिलामीमा जाने भएको छ । २४-स्पार्क प्लग, ४.९-लिटर भी-१२ सुसज्जित यस फेरारीलाई , इटालियन रेस कार फॉर्मुला १ अर्जेन्टिनाका ड्राइभर जुआन म्यानुएल फान्जियोले चलाएका थिए । १९५६ मा उनले ब्यूनस आयर्सको को १००० किलोमिटरमा डेब्यु गरेका थिए ।
यो गाडी पछि जोन एडगरले किनेका थिए, त्यसपछि यो क्यारोल शेल्बीले उनको १९५६ र १९५७ को सिजनहरूमा, टिम एडगरको लागि चलाएका थिए । शेल्बीले आफ्नो रेसिङ करियरमा अन्य कुनै कार भन्दा स्पाइडरमा धेरै दौड जित्न सफल भएका थिए ।
पातलो रातो यो फेरारी, सर्जियो स्काग्लिएट्टी द्वारा डिजाइन र निर्माण गरिएको केहि मध्ये एक हो । मूल इन्धन ट्याङ्कीमा शेल्बीको एउटा शिलालेख छ जसमा लेखिएको छ ,”श्री फेरारीले मलाई यो आफूले बनाएको सबैभन्दा राम्रो फेरारी हो भन्नु भएको थियो”।
फिल हिल, युजेनियो कास्टेलोट्टी, मास्टेन ग्रेगरी, रिची गिन्थर, जोआकिम बोनियर, ब्रुस केसलर, जिम रथम्यान र चक डेघ लगायत धेरै दिग्गज चालकहरूले यसलाई चलाएको थिए । र यो फेरारी यही अगस्टमा मोन्टेरे, क्यालिफोर्नियामा लिलामीको लागि जाने भएको छ ।