हामीले काठमाडौँ उपत्यका भित्र यात्रा गर्दा आफैं देख्न सक्छौँ कि ठाउँ ठाउँको ट्राफिक लाइट बिग्रेको र त्यहाँको ट्राफिक व्यवस्था गर्न ट्राफिक पुलिसहरु आफै ट्राफिक लाइट मुनी बसेको हुन्छन् । बिहान र बेलुकाको अफिस समयमा सवारी चापले निकै नै समस्या हुने गरेको देखिन्छ ।
अहिले उपत्यका भित्र ४३ स्थानमा ट्राफिक लाइट जडान भएका छन् तर जडान भएको ट्राफिक लाइटमध्ये अधिकांश अहिले बिग्रेको अवस्थामा रहेको देख्न सकिन्छ उपत्यकामा जडान भएका ३२ स्थानमा सडक विभागले र अन्य ११ स्थानमा निजी क्षेत्र ट्राफिक लाइट जडान गरिदिएको विभागको भनाइ छ ।
४३ स्थानको ट्राफिक लाइट मध्ये अहिले २४ स्थानको बत्ती बिग्रेको अवस्थामा रहेको छ । ट्राफिक शाखाका प्रमुख भन्छन, ‘ट्राफिक लाइट जडान भएको धेरै समय भएकाले त्यसको सिस्टममा समस्या आएको हो । उक्त सिस्टम अपडेटका लागि छलफल भइरहेको बताउँछन् ‘।