फोर्डले, इन्जिनमा आगलागीको जोखिमको कारण देखाउदै आफ्नो १ लाख हाइब्रिड गाडी फिर्ता मागेको छ । फोर्डले २०२० देखि २०२२ सम्मको एस्केप, मेभेरिक र कोर्सेयरको केही मोडेलहरू अन्डर-हुड आगोको जोखिमको कारण फिर्ता गरिरहेको छ ।
फोर्डका अनुसार, यदि इन्जिन अचानक फेल भयो भने, गाडीले उच्च मात्रामा इन्जिन तेल र इन्धन ग्यास छोड्न सक्छ जसले गर्दा हुड मुनि आगो लाग्न सक्छ वा कारको इग्निशन स्रोतको धेरै नजिक पुग्दा आन्तरिक कम्पोनेन्टहरू पनि पग्लन सक्छ ।
फोर्डले यप समस्याको २३ रिपोर्टहरू प्राप्त गरेको छ यद्यपि कसैलाई कुनै चोटपटक भने लागेको छैन । गाडी फिर्ता मागेर अब अन्डर-इन्जिन शिल्डहरू र सक्रिय ग्रिल शटरहरू परिमार्जन गरिनेछ ।