Sunday, June 11, 2023

सडक नबन्दा विद्रोही स्भावका वडाध्यक्ष ओर्लिए सडकमा, भन्छन् अत्ति भए सिंहदरबार पुगेर अनशन बस्छु

भक्तपुरको चाँगुनारायण नगरपालिका-६ का वडाध्यक्ष धनबहादुर लामा भक्तपुर-नगरकोटको सडकमा कसैले चाँसो नदिएको भन्दै सकडमा आएका छन् । उनले सडकमै कुर्सी टेबल ल्याएर आफ्नो कार्यालयका कामहरु गरिरहेका छन्।

उनले ठेकदार शारदाप्रसाद अधिकारीको कामको प्रतिरोध गर्दै सडकमा उत्रिएको जनाएका छन् । यो सडक नबन्दा आन्तरिक र बाह्य पर्यटकलाई असर पुगेको उनले बताए ।

उनले भने, ‘हामीले धेरै पटक राज्यलाई यस सडकको अवस्था प्रति ध्यानाकर्षण गराऔं तर राज्यले कुनै पनि प्रतिकिर्या दिएन र सडक बन्ने छाँटकाँट नदेखेपछि हामी यो कदम चाल्न बाध्य भएका हौ ।’ यो कदमबाट नि ध्यानाकर्षण भएन भने हामीले अन्य विभिन्न कार्यक्रमको योजना बनाईरहेका छौ । अत्ति भयो भने सिंहदरबार, मन्त्रालयमा पुगेर अनशन नै बस्ने उनले बताए ।

यसका साथै, बाटो चाँडो नबने उनले ठेक्का रद्द गर्न पनि सरकारलाई माग गरेका छन् । आफूले पनि नबनाउने र अरूलाई पनि बनाउन नदिएपछि यस्तो अवस्था आएको उनले बताए । कन्स्ट्रक्सनले बल्लतल्त बनाएको ६-६ किलोमिटर बाटो पनि भत्किसकेको छ । वर्षातको मौसममा सवारी दुर्घटनाको जोखिम पनि बढिरहेको उनले बताए ।

सरकारले २०७१ असार २ गते भक्तपुरदेखि नगरकोटको भट्टेडाँडासम्म १५.६६० किलोमिटरको सडक स्तरोन्नतिका लागि सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार २०७३ असार ४ गते सम्ममा निर्माण सम्पन्न गरी बुझाउनुपर्ने थियो।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here