Monday, June 5, 2023

४० लाख माथिका गाडीमा रोक लगाउँन सांसदहरुको माग, मौद्रिक नीति अन्तिम चरणमा रहदाँ अटो व्यवसायीहरु चिन्तामा

हाल नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति बनाउँन तयार गरिरहेको छ । नयाँ आर्थिक वर्ष सुरु हुनलागे सँगै मौद्रिक नीति पनि अन्तिम चरणमा पुगिसकेको छ । राष्ट्र बैंकले योपालि कसैलाई नहेरि र कुनैपनि व्यवसायीको स्वार्थमा नलागी देशको आर्थिक अवस्था सुधार गर्ने गरि मौद्रिक नीति ल्याउने बताउँदै आईरहेको छ ।

यसअघि राष्ट्र बैंकले कडा मौद्रिक नीतिको लागि तयार हुन सबैलाई आग्रह गरेको थियो । यो आग्रहसँगै उद्योगी व्यवसायी तथा लगानीकर्ताहरूको मनमा एक प्रकारको डर उत्पन्न नहुने कुरै भएन । कोभिडका कारण थलिएका उद्योगी व्यवसायीहरु यो मौद्रिक नीति कस्तो होला भन्ने चिन्तामा छन् ।

मौद्रिक नीति तयार गर्नको लागि राष्ट्र बैंक विभिन्न व्यवसायी देखि लिएर सांसदहरुसँग सल्लाह सुझाव लिईरहेको छ । यसैक्रममा आज सोमबार बसेको बैठकमा नेपाली काँग्रेसका सांसद दिव्य राजभण्डारीले ४० लाख माथिका गाडीको आयातमा रोक लगाउँन आग्रह गरेका छन् । उनले अब देशले वर्षमा १६/१७ खर्वको व्यापार घाटा धान्न नसक्ने बताएका छन् ।

राष्ट्र बैंकले विशेषगरि बढ्दो आयात, व्यापार घाटा, घट्दो विदेशी मुद्राको चाप र मुलुक भित्रको तरलता व्यवस्थापनलाई प्राथमिकतामा राखेर मौद्रिक नीति ल्याउँने तयारी गरिरहेको छ । आयातमा कडाई गर्ने भनेसँगै अटो व्यवसायीहरु अहिले चिन्तित अवस्थामा रहेका छन् । सरकारले गाडीलाई चुरोट र रक्सीसँग दाँजिएको भन्दै गुनासो गर्दै आएका छन् ।

नाडा अटो मोबाइल्स एशोसिएशनका अध्यक्ष ध्रुव थापाले भने, ‘सरकारले हामीबाट धेरै राजस्व उठाउँदै आएको छ ।’ तर सरकारले हामीलाई सधैँ टार्गेटमा राख्ने गरेको र हामीलाई चुरोट र रक्सीसँग दाँजिएको उनले बताए ।

विगत ८/१० महिनादेखि अटो व्यवसाय ठप्प हुदैँ आईरहेको छ । यसले गर्दा अटो व्यवसायीहरुले बैंकको कर्जा तिर्न नसक्ने अवस्था रहेको बताउँदै आएका छन् । पछिल्लो समय अटो व्यवसायीहरु मौद्रिक नीतिबाट सहज बनाइदिन आग्रह गर्दै प्रधानमन्त्री, गभर्नरदेखि सम्बन्धित निकायका व्यत्तिहरुसँग भेटघाट गरिरहेका छन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here