प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले केही दिन अघि ल्याएको मनसुन एक्सचेन्ज अफर आज सकिँदै छ । आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग प्रोटोनको ब्रान्डको नयाँ गाडी सट्टापट्टा गर्न सकिने अफर असार २३ गतेदेखि असार २७ गतेसम्मको लागि ल्याएको थियो ।
यो अफर लिनको लागि ग्राहकहरु कम्पनीको नक्सालमा रहेको शोरुममा जानुपर्ने हुन्छ। कम्पनीले प्रदान गर्ने उक्त अफर आज अन्तिम दिन रहेको छ ।
प्रोटोनको नेपाली बजारमा एक्स-५० सागा र एक्स-७० गरी कुल तीन मोडलका कार उपलब्ध छन्। जसमध्ये एक्स ५० को मूल्य ७२ देखि ७५ लाखसम्म, सागाको ३८ देखि ४२ लाख सम्म र एक्स ७० को ९० लाखदेखि १ करोड ५ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ।
गाडी एक्सचेन्ज गर्दा इन्सुरेन्स र रोड ट्याक्सको निःशुल्क व्यवस्था पनि गरिएको छ साथै आकर्षक उपहारको समेत व्यवस्था मिलाइएको छ ।