निसान मोटर इन्डियाले शुक्रबार देखि म्याग्नाइट रेड एडिसनको लागि बुकिङ सुरु गरेको छ, जुन जुलाई १८ मा लन्च हुनेछ । रेड एडिसनको तिन भेरियन्ट हुनेछ – म्याग्नाइट टर्बो एक्सभी एमटी रेड एडिसन, म्याग्नाइट टर्बो एक्सभी सीभीटी रेड एडिसन र म्याग्नाइट एक्सभी एमटी रेड एडिसन । बुकिङ, निसान इन्डियाको वेबसाइटका साथै देशव्यापी डिलरशिपहरूमा खुला गरिएको छ ।
निसान म्याग्नाइटको बजारमा प्रवेशसँगै भारतीय बजारमा निसानको स्थिति परिवर्तन भएको छ । निसान म्याग्नाइटले एक लाख भन्दा बढी बुकिङ प्राप्त गरेको छ र ५० हजार डेलिभर भइसकेको छ । भारतीय बजारमा म्याग्नाइटको अत्याधिक लोकप्रियताले निसानलाई एसयूभीको विशेष एडिसन लन्च गर्ने हौसला मिलेको छ ।
निसान म्याग्नाइटको रेड एडिसनमा फ्रन्ट ग्रिलमा रातो एक्सेन्ट, फ्रन्ट बम्पर क्ल्याडिङ, ह्वील आर्च र साइड बडी क्ल्याडिङ समावेश छ । यसमा बडी ग्राफिक्स, एलईडी स्कफ प्लेट, टेल गेट गार्निस र रेड एडिसन ब्याज समावेश हुनेछ । निसानले एसयूभीमा सुविधाहरू पनि अपग्रेड गरेको छ, यो अब वायरलेस चार्जर र एम्बियन्ट लाइटिंगको साथ आउनेछ ।
निसान मोटर इन्डियाका प्रबन्ध निर्देशक राकेश श्रीवास्तवले एक विज्ञप्तिमा भनेका छन्, “निसान म्याग्नाइट रेड संस्करणले युवा प्रयोगकर्ताहरुको लागि अद्वितीय ड्राइभिङ अनुभवहरू सिर्जना गर्ने वाचा गर्दछ । हामी विश्वस्त छौं कि ट्रिमको बोल्ड डिजाइन, पावर-प्याक प्रदर्शन, आराम, उन्नत प्रविधिहरू र कनेक्टिभिटी सुविधाहरूले ग्राहकहरूलाई मोहित पार्नेछ र अविस्मरणीय यात्राहरू सिर्जना गर्नेछ”।