हिरो इलेक्ट्रिकले आफ्नो ब्रान्ड विस्तार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा डिलर आह्वान गरेको छ । नेपालका लागि हिरो इलेक्ट्रिकको आधिकरिक वितरक लक्ष्मी ई मोविलिटीले मेचिदेखि महाकालीका प्रमुख शहरहरुमा डिलरको आह्वान गरेको हो ।
कम्पनीले धनगढी, नेपाल, नेपालगन्ज, बुटवल, जनकपुर, नारायणघाट, विरगंज र इटहरीमा डिलरको लागि व्यवसायी खोजिरहेको छ । कम्पनीले इच्छुक व्यवसायीलाई काठमाडौं स्थित टेकुमा रहेको आफ्नो मुख्य कार्यलयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
नेपालमा हालसम्म हरोका ३ मोडलका इलेक्ट्रिक उपलब्ध रहेका छन् । कम्पनीले देशका प्रमुख शहरमा आफ्नो ब्रान्ड विस्तार गर्ने योजनाका साथै नेपालमा अन्य हाइ-टेक फिचर भएका स्कुटर नेपाल भित्राउँने योजना बनाईरहेको छ ।