ग्रेटवाल ब्रान्डको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले ललितपुर स्थित चाकुपाटमा सर्भिस सेन्टर खोलेको छ । कम्पनीले बिक्रि भएका आफ्ना गाडीहरुको सबै सेवा सुविधा यस सर्भिस सेन्टरबाट उपलब्ध गराउन लागेको हो ।
कम्पनीले महिनाको ६०० भन्दा बढी गाडीलाई सेवा दिने लक्ष्यले १५ हजार स्क्वारफिट भन्दा बढी क्षेत्रफलमा यो सर्भिस सेन्टर खोलिएको छ । कम्पनीले गाडी मर्मतका लागि तालिम प्राप्त कर्मचारी र हाई-टेक उपकरण राखेको छ ।कम्पनीले ग्राहकको सहजताका लागी आरामदायी कस्टुमर लाउन्जको समेत व्यवस्था मिलाइदिएको छ ।
कम्पनीका उपाध्यक्ष अनुसार, ‘हाम्रो ब्रान्डका गाडी चड्ने ग्राहकहरुले निर्धक्क गाडीको आयु रहुन्जेलसम्म सेवा लिनसक्नुहुनेछ । हामी गाडीको स्वमित्व अवधीभर हेरचाह गर्ने सुनिश्चितता व्यक्त गर्दछौ’ ।
कम्पनीले ह्विल अलाइनर, व्यालेन्सर, डाइग्नोस्टिक जस्ता हाई-टेक उपकरण सर्भिस सेन्टरमा जडान गरेको छ ।