अहिले वर्षातको समयमा यात्रा गर्दा कतै पहिरो त कतै बाढीको कारण घन्टौं सम्म रोकिनु पर्ने हुन सक्छ । हरेक यात्रीले हाईवेमा यात्रा गर्दा यो समस्या झेल्नु नै पर्ने छ । तर अब यो समस्यामा नपर्नको लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केहि नयाँ सुविधा ल्याएर यात्रीहरुलाई सहज बनाइदेको छ ।
अब लामो यात्रामा निस्कनुअघि आफु जाने स्थानको मौसम लगायतका कुराको जानकारी लिन चाहनुहुन्छ भने ११५५ मा कल गरेर जानसक्नु हुन्छ । यस्तै जानकारी प्रदान गर्नको लागि यो हटलाइन नम्बर संचालनमा ल्याएको हो ।
र यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन, निःशुल्क फोन गरेर हरेक गाउँ ठाउँको मौसमको अवस्थाको बारेमा जानकारी लिन सकिनेछ । मौसमसँगै खहरे खोला, नदी बढेको बारेमा समेत जानकारी पाउने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
यसरी सूचना पाएर यात्रा गर्ने कि नगर्ने भनेर हरेक यात्रीलाइ निर्णय लिन सजिलो हुने प्राधिकरणको भनाई छ ।