ईभी बाइक निर्माता नेपाली कम्पनी यात्रीले, यात्री मोटरसाइकलको सिरिज २ ल्याउन लागेको छ । कम्पनीले आफ्नो फेसबुकमा पोस्ट गर्दै यो कुरा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नयाँ आउँने मोडलमा थप केही अपडेटेड र आकर्षक फिचर हुनेछ ।
यसका साथै, कम्पनीले २०२३ सम्ममा पहिलो इलेक्ट्रीक स्कुटर लन्च गर्ने योजना बनाएको छ । कम्पनीले पी-२ नाम राख्दै नेपालकै पहिलो स्मार्ट इलेक्ट्रीक स्कुटरको काम थालिसकेको छ ।
२०१७ मा स्थापना भएको यात्रीले हाल नेपाली बजारमा २ वटा मोडलका इलेक्ट्रिक बाइक बिक्रि गरिरहेको छ । नेपाली युवाहरुले स्वदेशमै उत्पादन गरेको यो बाइकले धेरैको मन त जित्यो तर उतिक्कैमा उच्च मूल्यले गर्दा आलोचना पनि खेप्यो ।
नेपालमा उपलब्ध प्रोजेक्ट जिरोको दुई मोडल मध्ये एकको मूल्य १९ लाख ४९ हजार र ५ लाख ६५ हजार छ भने अर्कोको मूल्य ६ लाख १३ हजार ४ सय रुपैयाँ रहेको छ ।
क्याफे रेसरमा आधारित भएर बनेको यो बाइकले एकपटक चार्जमा २३० किमोमिटरसम्मको रेन्ज दिने गर्छ । ब्याट्री ३.३ किलोवाटको अनवोर्ड चार्जरबाट २ घण्टमा बाइकको ब्याट्री फुल चार्ज गर्न सकिन्छ । ८ किलोवाट आवरको लिथियम निकेल म्याग्नेसिस व्याट्री जडान गरिएको यो बाइक १४० किलोमिटर प्रतिघन्टाको गतिमा कुदाउँन सकिन्छ । यसमा जडान गरिएको मोटरले अधिकतम पावर ६४ एचपी र टर्क १२० एनएम उत्पादन गर्दछ ।