टिभिएसले आफ्नो नयाँ बाइक भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नयाँ बाइकको नाम रोनिन राखेको छ । टीभीएस रोनिन, लन्च हुनु अघि अनलाइनमा केहि तस्बिरहरू लीक भएका थिए । रोनिन टिभिएस पहिलो नियो-रेट्रो रोडस्टर बाइक हो यसलाई भारतमा तीन भेरियन्टमा लन्च गरिएको छ ।
टिभिएसको रोनिन बाइकले भारतीय बजारमा बजाज पल्सर २५०, डोमिनार २५०, रोयल इन्फिल्ड हन्टर ३५०, रोयल इन्फिल्ड हिमालयन स्क्रिम ४११ र येज्दी स्क्र्याम्बलर जस्ता बाइकसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
यस टिभिएस बाइकको इन्जिनको बारेमा कुरा गर्दा, यसको इन्जिनले ७,७५० आरपीएममा २०.१ बीएचपीको अधिकतम पावर र ३,७५० आरपीएममा १९.९३ एनएम पीक टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार यो बाइकले १२० किलोमिटर प्रतिघण्टाको टप स्पीडमा चलाउन सकिनेछ । मोटरसाइकलको अगाडि गोलो हेडलाइटको साथमा टि आकारको एलइडी डिआरएल रहेको छ । यसले डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ब्लुटुथ कनेक्टिभिटी जस्ता सुविधाहरू प्राप्त गर्नेछ।
केहि दिन लिकहुदा अनुमान गरेझैँ, यसको प्रारम्भिक मूल्य भारतीय बजारमा १.४९ लाख रुपैयाँ (एक्स–शोरुम) तोकिएको छ । यो मूल्य बेस भेरियन्टको हो ।