मोटरसाइकल तुलनात्मकरुपमा सस्तो साधनमा गनिन्छ । यसैले यसका प्रयोगकर्ताहरु पनि अत्याधिक छन् । नेपालमा बार्षिक ३ लाख भन्दा बढि नयाँ मोटरसाइकल बिक्री हुने आंकडा छ । यो रोजाइको सवारी साधन सजिलो मात्रै छैन, सामान्य गल्तिले भयानक दुर्घटना पनि गराउन सक्छ । यसैले मोटरसाइकल चलाउदा सुरक्षाका उपायहरुका बारेमा जानकार हुनै पर्छ ।
यहाँ हामीले सुरक्षाका १० उपायहरुका सुझाव दिदैछौँ । यी सुझावहरु सबैका लागि उपयोगी हुन सक्छन् र यीनीहरु पालना गर्नका लागि धेरै लगानी पर्ने वा निकै ठुलो सिप चाहिने पनि हुदैन । सामान्य सुरक्षाका उपायहरुले पनि दुर्घटना टार्न सक्छन् । बाइक दुर्घटनाबाट जोगाउने सरल र उपयोगी यी १० काइदाहरुका भिडियो हेरेर पालना गर्नुहोस् र सुरक्षित रहनुहोस् ।