नाडा अटो मोबाइल्स एशोसिएशनका अध्यक्ष ध्रुव थापा निकै नै धौड धुपमा लागेको छन् । गाडीको आयातलाई आउन लागेको मौद्रिक नीतिबाट सहज बनाइदिन आग्रह गर्दै थापा कहिले गभर्नर त कहिले प्रधानमन्त्रिलाई भेटेर निकै प्रयास गरिरहेको छन् ।
अध्यक्ष थापाले विगत ८/१० महिनादेखि अटो व्यवसाय ठप्प रहेको भन्दै अटो क्षेत्रलाई राहत दिने गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताए । अध्यक्ष थापाले विगत १० महिनादेखि अटो व्यवसाय ठप्प हुँदा अटो व्यवसायीहरुले बैंकको कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले अटो मोबाइल्स सधैँ राज्यको टार्गेटमा पर्ने गरेको गुनासो गरे ।
राजस्व चाहिदा पनि अटो क्षेत्रलाई खोज्ने र आयातमा कडाई गर्नुपरे पनि अटो क्षेत्र खोज्ने परम्परानै जस्तो भएको भन्दै अटो क्षेत्र चुरोट, रक्सीको क्याटागोरीमा राखिन थालेको गुनासो पोखेको छन् ।