ट्राफिक प्रहरीले काठमाडौं उपत्यकमा शनिवार मात्र २ हजार ४८ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक प्रहरीले विभिन्न केसमा नियम उल्लङ्घन गरेका कारण कारवाही गरेको जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७१ जना, मदिरा पिएर सवारी साधन चलाउने १२९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०४ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९४ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ६३ जना रहेका छन् ।
लेन उल्लंघन गर्ने ५४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४२ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।