धरान उपमहानगरपालिकामा लौरो चिन्हबाट स्वतन्त्र उम्मेद्वारी दिएर जितेका चर्चित मेयर हर्क साम्पाङले मेयरले प्रयोग गर्दै आएको गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यो जानकारी दिएका हुन् ।
उनले फेसबुकमा यस्तो लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कर्पियो गाडी बेचेर धरानको बाटोमा बनेका खाल्डा टाल्न रोलर मेसिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।’

हर्क साम्पाङले मेयरका लागि प्रयोग गर्न भनेर किनिएको महिन्द्रा स्कर्पियो प्रयोग गरेका छैनन् । उनी कहिले आफ्नो बाइक त् कहिले अटोको प्रयोग गर्दै आएका छन् ।