पठाओले पढ्दै गरेको विद्यार्थीहरुलाई लक्षित गरेर ‘पढ्दै-कमाउँ र आत्मनिर्भर बनौं’ भन्ने अभियान सन्चालनमा ल्याएको छ । कम्पनीले विद्यार्थीहरुलाई पढाईका साथ आत्मनिर्भर बनाउँन यो अभियान ल्याएको हो । कम्पनीले यस अभियानमा विशेषगरि स्नातक र मास्टर पढ्दै गरेका विद्यार्थीलाई लक्षित गरेको छ ।
कम्पनीका अनुसार, स्नातक र मास्टर पढ्दै गरेका विद्यार्थीलाई घरमा पैसा माग्न गाह्रो हुनेगर्छ । कति त पैसा नभएर मानिसक समस्याबाट नि गुज्रिरहेका हुन्छन् । यसैलाई मध्येनजर गरेर हामीले विद्यार्थीलाई आफ्नो कलेजको पैसा तिर्न र आफ्नो खर्च आफै धान्न सफल बनाउँनका लगि हामीले यो अभियान ल्याएका हौं । ‘
अभियान अन्तर्गत विद्यार्थीलाई राइडर बन्नको लागि कुनैपनि रजिस्टेशन शुल्क लाग्ने छैन् । विद्यार्थी बाहेकले भने पहिलो पटक रजिस्टेशन गर्दा २५ सय भुक्तानी गर्नुपर्ने हुन्छ ।

विद्यार्थीलाई आफूले चलाउँदै गरेको बाइक/स्कुटरको लाइसेन्स र ब्लु बुक पठाओको आधिकारिक वेवसाइटबाट बुझाउँनु पर्ने हुन्छ । साथै, विद्यार्थीलाई आफुले पढीरहेको संस्थानले जारि गरेको परिचयपत्र बुझाउँनु पर्ने हुन्छ ।
पठाओले पछिल्लो समय नेपालमा धेरैलाई रोजगारी दिदैँ आइरहेको छ । तर राइडरहरु पठाओले खाने कमिसन अलि घटाउन पर्यो भनेर माग गरिरहेका छन् ।