आफ्नो फेसबुक पेज मार्फत जावाले आफ्नो मोटरसाइकलहरुको मूल्य बढ्ने संकेत गरेको छ । जावाको अफिसियल पेजमा मोटरसाइकलको मूल्य बढ्ने भनिएको छ ।
सरकारले ल्याएको २०७९÷०८० को बजेटपछि धेरै कम्पनिहरुले आफ्नो बाइकको मूल्य बढाईसकेको छन् तर जावाले भने अहिलेसम्म पुरानै मूल्यमा मोटरसाइकल विक्री गर्दै आएको थियो ।
कम्पनीले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘ग्र्याब युअर जावा बिफोर प्राइस हाइक’ अर्थात् मूल्य बढ्नु अघि नै फाइदा लिन ग्राहकलाई अनुरोध गरेको हो । जावाका तीन मोडलका मोटरसाइकल नेपाली बजारमा विक्री भइरहेका छन् । जसमा जावा, जावा फोर्टी टू र जावा पेरका छन् ।

जावा मोटरसाइकलको मुल्य ७ लाख ३५ हजार रुपैयाँसम्म रहेको छ ।