दैनिक यात्रा गर्दा गाडीको पछाडी, अगाडी अथवा साइड तिर हामीले विभिन्न सायरी र गजल लेखेको पढ्न सक्छौँ । तर अब त्यस्तो सवारी साधनमा लेखिएको सायरी र गजल, ट्राफिक प्रहरीले हटाउन थालेको छ ।
सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरीत तथा सामाजमा विकृत्ति ल्याउने खालका लेखहरूलाई हटाउन थालिको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रहरी नायव उपरीक्षक एवं सह प्रवक्ता बाल नरसिंह राणाले बताएको छन् ।
त्यसैगरी सवारीको सिसामा स्टिँकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसुचितसमेत गरेको छ । र ट्राफिक प्रहरीले चालकको क्याबिनको भागमा म्युजिक सिस्टम राख्न पनि निषेध गरेको छ ।