साझा यातायातले आजबाट ३ वटा विद्युतीय बस काठमाडौं उपत्यकामा चलाएको छ । साझाले चीनबाट ल्याएर ३ वटा विद्युतीय बस सन्चालनमा ल्याएको हो ।
साझाले एउटा बसलाई डेढ करोड रुपैयाँ खर्च गरेको छ । यहि क्रममा साझाले ४० वटा बसलाई करिब ६१ करोड रुपैयाँ खर्च गरेको छ । साझाले पहिलो चरण चीनबाट ३ वटा बस ल्याएको छ । यसका साथै, साझाले बाँकी ३७ वटा बस चीनबाट ल्याउने तयारी गरेको छ ।
साझाले महिलालाई हरेक क्षेत्रमा प्राथमिकता दिन उद्देश्यले बसमा महिला चालक र सहचलकको व्यवस्था गरेको छ ।
यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन । अपांगहरु चढ्न मिल्ने -याम्पसहितको सुविधा समेत दिइएको छ ।