चिनियाँ कम्पनी किङ्ग लङ्ग युनाईटेड अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी साधनको नेपाली बजारमा विक्री वितरणको शुभारम्भ भएको छ । ३४ वर्ष अघि स्थापना भएको किङ्ग लङ्ग सार्वजनिक यातायातका साधनको रुपमा प्रयोग हुने बस उत्पादनतर्फ चीनकै सर्वाधिक ठूलो उत्पादकको रुपमा परिचित रहेको छ ।
लामो समयदेखी विद्युतिय सवारीसाधनको कारोवार एवं विकास तथा अनुसन्धानमा काम गर्दै आइरहेको श्री इको भिजनरी प्रालिले किङ्ग लङ्ग व्रान्डको यो विद्युतिय साधन नेपाल भित्राएको हो । यसमा ५० किलोवाट आवरको व्याट्री जडान गरिएको छ २ यो १०० किलोमिटर प्रतिघण्टाको उच्चतम स्पिडमा गुड्न सक्छ ।
यसलाई फास्ट चार्जिङका माध्यमबाट एक घण्टामै ८० प्रतिशत चार्ज गर्न सकिन्छ र एक पटकको फुल चार्जमा २ सय ५० किलोमिटर चलाउन सकिने बिक्रेताको भनाइ छ ।