साझा यातायातले हालै विद्युतीय बस भित्र्याएको छ जसमा चालक र सहचालक दुवै महिलालाई राख्न तालिम चल्दै रहेको साझा यातायातले जानकारी दिएको छ । चालक र सहचालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम दिन थालिएको हो ।
‘हाम्रो नयाँ विद्युतीय बस सञ्चालनका लागि महिला चालक र सहचालकहरुलाई प्राथमिकता दिने योजना छ । हाल ४ जना महिला चालक र ५ जना महिला सह-चालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम दिई रहेका छौँ ।’ साझा यातायातले भनेको छ ।