नेपाली बजारमा लुब्रिकेन्ट्सको मूल्य बढ्ने भएको छ । लुब्रिकेन्ट्स बनाउँन प्रयोग हुने कच्चा तेलको मूल्य वृद्धि भएसँगै लुब्रिकेन्ट्सको मूल्य बढ्न लागेको हो ।
कच्चा तेलको मूल्य वृद्धिसँगै कति कम्पनीले त लुब्रिकेन्ट्सको मूल्य बढाई सकेका छन् भने कति कम्पनीले स्टकमा रहेका लुब्रिकेन्ट्स पुरानै मूल्यमा बेचिरहेका छन् ।
यसैबिच चर्चित लुब्रिकेन्ट्स कम्पनी गल्फ लुब्रिकेन्ट्सले पनि साउन १ गतेदेखि लागु हुनेगरि लुब्रिकेन्ट्समा १० प्रतिशतको हाराहारीमा मूल्य वृद्धि गर्ने तयारी गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिले
गर्दा मूल्य बढाउन विवश भएको जनाएको छ । कम्पनीले खर्च कटौती गरेर थोरै मात्र मूल्य बढाएको बताएको छ ।
यसका साथै, अरु लुब्रिकेन्ट्स कम्पनीहरु पनि लुब्रिकेन्ट्सको मूल्य बढाउने तयारी गरिरहेका छन् ।