कीवेले केही साता अघि बाइक प्रदर्शन गरेपछि भारतमा आफ्नो नयाँ के-लाइट २५०भि क्रुजर मोटरसाइकल लन्च गरेको छ । कम्पनीले यसको प्रारम्भिक मूल्य भारु २.८९ लाख रुपैयाँ तोकेको छ । कम्पनीले यो बाइक ३ कलरमा लन्च गरेको छ । कम्पनीका अनुसार म्याट ब्लूको मूल्य २,८९,००० रुपैयाँ, म्याट डार्क ग्रेको २,९९,००० र म्याट ब्ल्याक कलरको ३,०९,००० रुपैयाँ तोकिएको छ।
कम्पनीले यसको बुकिङ पनि सुरु गरिसकेको छ । ग्राहकले बुकिङ गर्दा पहिलो चरणमा १० हजार तिर्नुपर्ने हुन्छ ।
के-लाइट २५०भि मा २४९ सीसी भि-ट्विन इन्जिन समावेश गरिएको छ जसले ८५०० आरपीएममा १८.७ एचपीको अधिकतम पावर आउटपुट र ५५०० आरपीएममा १९ एनएमको पीक टर्क उत्पादन गर्दछ । यसमा ५ स्पीड गियरबक्स उपलब्ध छ । इन्जिनले बेल्ट ड्राइभ मेकानिजम मार्फत पछाडिको पाङ्ग्रालाई पावर दिने काम गर्दछ ।
बाइकमा सिम कार्डसहित जीपीएस जडान गरिएको छ जसले बाइक भएको ठाँउ ट्रयाक गर्न मद्दत गर्दछ । यसका साथै, रिमोट इन्जिन कट-अफ, जियो-फेन्सिङ, राइड डाटा रेकर्डिङ, स्पीड लिमिटिङ र लोकेशन सेयरिङ समावेश गरिएको छ ।
भारतीय बजारमा कीवे के-लाइट २५०भि ले रोयल इनफिल्ड क्लासिक ३५० जस्ता बाइकहरुसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।