युरोपमा चर्चित अस्ट्रेलियन ब्रान्ड सुपर सोकोले नेपाली बजारमा केही समयअघि नयाँ अफर सार्वजनिक गरेको छ । सुपर सोको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक डी–लाइफ स्टाइल्सले पढ्दै गरेका विद्यार्थीलाई र आकाशिदैँ गरेको पेट्रोलको मूल्यलाई लक्षित गरेर यो स्किम ल्याएको हो ।
अफर अन्तर्गत ग्राहकले दैनिक १३९ रुपैयाँ किस्ता तिरेर सुपर सोकोको ‘सीयू मिनी’ इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्दछन् । ‘सीयू मिनी’ मोडलको मूल्य नेपालमा हाल १ लाख ८० हजार रुपैयाँ रहेको छ । ग्राहकले पहिलो चरणमा डाउन पेमेन्ट मार्फत ५०- ६० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने हुन्छ । यसको मतलब ग्राहकले पहिलो चरणमा १ लाखको हाराहारीमा रकम शोरुमलाई बुझाउनु पर्ने हुन्छ ।
त्यसपछि दैनिक रु १३९ किस्ता गरेर ग्राहकले बाँकी रकम भुक्तानी गर्नुपर्ने हुन्छ । भुक्तानी गर्दा ग्राहकले मासिक रुपमा बुझाउँनु पर्दछ ।ग्राहकले दैनिक १ सय ३९ गरेर मासिक ४ हजार रुपैयाँ जति बुझाउँनु पर्ने सुपर सोको लगनखेल शोरुमका सेल्स कार्यकारी कर्नक बज्राचार्यले जनाएका छन् ।
यसका साथै, ग्राहकले शून्य प्रतिशत डाउनपेमेन्टमा पनि यो स्कुटर खरिद गर्न सक्दछन् । त्यसलाई मध्येनजर गरेर सुपर सोकोले फाइनेन्सियल सुविधाको लागि एभरेष्ट बैंक, इन्भेस्टमेन्ट बैंक, हिमालायन बैंक र माछापुच्छ्रे बैंकसँग सम्झौता गरेको छ । बैंक अनुसार ग्राहकलाई सामान्य रुपमा १५-२० प्रतिशत ब्याज लाग्ने कम्पनीले जनाएको छ ।
वृस्तित जानकारी तल भिडियोमा