नेपाल विद्युत् प्राधिरकरणले विद्युतीय सवारीका लागि २६ वटा चार्जर नेपाल भित्राएको छ । प्राधिरकरणले देशका विभिन्न ठाँउमा चार्जिङ स्टेसन निर्माण गर्ने उद्देश्यले ५१ मध्ये २६ वटा चार्जर नेपाल ल्याएको हो । पहिलो चरणमा २६ वटा ठाँउमा चार्जर जडान गर्ने प्राधिकारणले जनाएको छ ।
प्राधिकारणले हाल चार्जिङ स्टेसनको परीक्षण गरिरहेको छ । प्राधिकारणले भन्सारको जाँचपास सकेर चाडो भन्दा भन्दा जडान गरेर सर्वसाधरणलाई सुविधा प्रदान गर्ने जनाएको छ । प्राधिकारणले दशैंसम्म काम सकिने हिसाबले देशका मूख्य शहरहरुमा रहेका सार्वजनिक जग्गामा चार्जिङ स्टेसन जडान गर्न लागेको हो ।
काठमाडौं उपत्यकामा हाल साझा पुल्चोक, साझा बल्खु, विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय, हल्चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार्जिङ स्टेसन निर्माण भइरहेको छ । यसका साथै, प्राधिकरणले बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलाका, सुनसरी बसपार्क, लाहान, बर्दिबास, खुर्कोट, बनेपा, पथलैया, हेटौंडा, चितवन, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवाल, भैरहवा, चन्द्रौटा, लमही, कोहलपुर, लम्की, अत्तरीया, महेन्द्रनगर र सुर्खेतमा चार्जिङ स्टेसनको
काम गरिरहेको छ ।