आगामी साउनको दोस्रो साताबाट यातायात व्यवस्था सेवा कार्यालय चितवनले लाइसेन्स परीक्षा लिने गरी तयारी गरको छ ।
कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरेपछि साउनको दोस्रो सातादेखि प्रयोगात्मक परीक्षासमेत भरतपुरमै हुने भनेको छ । प्रयोगात्मक परीक्षाका लागि महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका छन् ।
चितवन जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुन लागेको हो । चितवनबाट सुरूमा ‘क’, ‘ख’ र ‘ग’ वर्गको सवारीसाधनको ट्रायल लिइने तयारी भएको छ ।
चितवन जिल्लामा लाइसेन्स परीक्षाको सुबिधा नहुदा जिल्लाका बासिन्दा लाइसेन्सको लागि हेटौंडा, वीरगन्ज, कावासोती, काठमाण्डौं लगायतका ठाउँमा जानु पर्ने बाध्यता रहेको थियो । अब आफ्नै जिल्लामा यो सुबिधा हुने भएपछी चितवन बासिहरु खुशी भएका छन् ।