रेड बुल रेसिङ समूहको उच्च प्रदर्शन इन्जिनियरिङ विभागले आफ्नो नयाँ फर्मुला १-प्रेरित हाइपरकारको पहिलो विवरण घोषणा गरेको छ, जसलाई “RB17” को नाम दिएको छ । आफैद्वारा पूर्ण रूपमा डिजाइन, विकास र निर्माण गरिएको, RB17 रेड बुलको पहिलो उत्पादन कार हुनेछ ।
अहिलेका लागि विशेष प्राविधिक विवरणहरू लुकाएर राखिएको भएतापनि, रेड बुलले केहि कुरा खुलासा गरेको छ जस्तै- दुई-सीटर कारमा भी-८ हाइब्रिड इन्जिनले ११०० बिएचपी उत्पादन गर्ने र कार्बन-कम्पोजिट टबको वरिपरि डिजाइन गरिएको हुनेछ ।
“RB17 ले रेड बुल एडभान्स टेक्नोलोजीको विकासमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा लिएको छ । अब हाम्रो रेड बुल टेक्नोलोजी कारहरू सिर्जना गर्न र उत्पादन गर्न पूर्ण रूपमा सक्षम भएको छ,” ओरेकल रेड बुल रेसिङ र रेड बुल एडभान्स टेक्नोलोजीका सीईओ क्रिस्चियन हर्नरले भने ।
कार को उत्पादन २०२५ मा सुरु हुने अपेक्षा गरिएको छ । कारको मूल्य ६० लाख अमेरिकी डलर हुने अनुमान गरिएको छ ।