यती एयरलाइन्सले यात्रुहरुको मनोरञ्जनका लागि नयाँ सुबिधा दिने भएको छ । जहाजमा अब उडानका दौरान हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न सक्ने भएका छन् ।
जहाज भित्र रहेको डिभाइसमा कनेक्ट गरी हरेक यात्रुले विभिन्न मनोरञ्जनात्मक भिडियो, गीत–संगित, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्री प्रयोग गर्न सक्ने भएको छन् ।
यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्रीसहित आकाशबाटै होटल बुक र अनलाइन सपिङको समेत सुविधा हुनेछ । यो इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा छिटो भन्दा छिटो सुचारु गर्ने उद्देश्यले आवश्यक तयारी र परीक्षण भइरहेको र परीक्षणपछि कम्पनीले सबै जहाजमा यो सेवा दिने भएको छ ।