नयाँ आर्थिक वर्ष नजिकिदै गर्दा मोटरहेड मोटरसाइकलले चार वटा मोडलको बाइकमा मूल्य बढाएको छ । मोटरहेडको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले नयाँ चार मोडलको नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
कम्पनीले टेक्कन आर २५०, स्पोर्ट्स २५०, स्पोर्ट्स २५० अफरोड भर्सन र स्क्र्याम्बलर २५० को मूल्य बढाएको हो । नयाँ मूल्यसूची हुनसार टेक्कन आर २५० को ४ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । यसअघि यसको मूल्य ४ लाख १५ हजार रहेको थियो ।
यसैगरि स्पोर्ट्स २५० रोड भर्सनमा कम्पनीले ६० हजार रुपैयाँ बढाएको छ । यसअघि ३ लाख ७५ हजार रहेको यसको मूल्य अब ४ लाख ३५ हजार पुगेको छ । स्पोर्ट्स २५० अफरोड भर्सनको मूल्य भने यसको भन्दा ५ हजार सस्तो (४ लाख ३० हजार रुपैयाँ) रहेको छ । साथै, स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार बाट ४ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।
सरकारले आगामी आर्थिक वर्षदेखि २०० सीसी भन्दा माथिका बाइकका मूल्य बढाएसँगै आफ्ना ४ मोडलको बाइकका मूल्य बढाएको हो ।