डुकाटीले आफ्नो पहिलो विद्युतीय मोटरसाइकल मात्र नभई २०२३ को मोटो-ई मोटोरसाइकल रेसिङलाई पनि मध्यनजर गरेर डिजाइन सार्वजनिक गरेको छ । V21L प्रोटोटाइपमा त्यो क्लासिक डुकाटी लुक छ तर रेसिङ ट्र्याक गर्नको लागि कार्बन फाइबरले भरिएको छ र १८ kWh ब्याट्रीको साथ १५०HP इलेक्ट्रिक मोटर समावेश गर्दछ ।
रिपोर्ट अनुसार, डुकाटीले एनर्जीकाको उत्तराधिकारीको रूपमा २०२३ देखि २०२६ सम्म मोटो-ईको लागि इलेक्ट्रिक मोटरबाइकको एक मात्र निर्माता हुनेछ । डुकाटी MotoE को कुल वजन २२५ किलोग्राम हुनेछ जुन यस सिजनको MotoE च्याम्पियनसिपमा प्रयोग गरिएको एनर्जीका मोटरसाइकलहरू भन्दा ७७ पाउन्ड कम रहेको छ । र यसले ११० kW पावर, १४० Nm टर्क र २७५ km/h को उच्च गति प्रदान गर्ने अपेक्षा गरिएको छ ।
V21L लाई केवल ४५ मिनेटमा ८० प्रतिशतमा चार्ज गर्न सकिन्छ र मुख्य जिपी ट्र्याकहरूको आवश्यक सात ल्यापहरू पूरा गर्न पर्याप्त हुनेछ । विकासको क्रममा, डुकाटी इन्जिनियरहरूले मूल कम्पनी अडीसँग नजिकबाट काम गरेका थिए जसले गर्दा काम गर्न निकै नै सजिलो भएको बताइएको छ ।