अटो व्यवसायलाई सहज हुने गरि मौद्रिक नीति ल्याउँन अटो व्यवसायीहरुले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । मौद्रिक नीतिका लागि अहिले नेपाल राष्ट्र बैंक विभिन्न क्षेत्रका मानिसहरुसँग सुझाव संकलन गरिरहेको छ ।
यसैक्रममा नाडा अटोमोबाइल्स एशोसियसनका अध्यक्ष ध्रुब थापाले अटो व्यवसायलाई सहज हुने गरि मौद्रिक नीति ल्याउँन नेपाल राष्ट्र बैंकका गभर्नरलाई आग्रह गरेका छन् । थापाले भने, ‘विगत ८ महिनादेखि अटो व्यवसाय ठप्प रहेकोले यस क्षेत्रलाई राहत दिने गरि मौद्रिक नीति ल्याउन पर्छ ।’
यसका साथै, उनले व्यवसाय ठप्प हुँदा अब कर्जा तिर्न नसक्ने अवस्था सिर्जना भएको बताए । सरकारले अटो क्षेत्रलाई नराम्रो नजरले हेरेको र यो क्षेत्रलाई चुरोट रक्सिको क्याटागोरीमा राखिन थालेको जनाए ।
उनले हायर पर्चेज ७० प्रतिशतबाट ५० प्रतिशतमा झारेको, जोखिम भार ७५ प्रतिशतबाट १५० प्रतिशतमा पुर्याएको, एलसी खोल्दा १०० प्रतिशतसम्म मार्जिन राख्नु पर्ने लगायतक ब्यबस्थाले ८ महिनादेखि अटो व्यवसाय ठप्प भएको उनले बताए ।