जेठ १५ गते आगामी आर्थिक वर्ष २०७९/०८० को लागि १७ खर्ब ९३ अर्बको बजेट अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरे । बजेटमा १२ खर्ब ४० अर्ब ११ करोड राजश्व संकलनको लक्ष्य राखिएको छ ।
विद्युती गाडीमा, एक सयवाटसम्मको गाडीमा शतप्रतिशत भन्सार छुट र सय वाट भन्दा माथिको गाडीमा वाटअनुसार ६० प्रतिशतसम्म कर लगाइएको छ । विद्युती गाडीमा भन्सार लगाए तर हेभी इक्वीपमेन्टमा भने कर बढाउनुपर्ने आवश्यक देखेनन् । अहिले पनि डोजर, एक्जाभेटर तथा अरु हेभी इक्वीपमेन्टको आयातमा जम्मा ४ प्रतिशत मात्रै कर लाग्छ ।
बजेटमार्फत १ सय किलोवाट क्षमता भन्दा बढीका विद्युतिय सवारी साधनमा भारी मात्रामा कर लगाएका अर्थमन्त्री शर्माले राजश्व संकलनको क्षेत्रका रुपमा डोजर तथा एक्जाभेटरलाई नदेख्नु अचम्मको विषय भएको अर्थशास्त्रीहरु बताउँछन् ।