नेपालको लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक अल्फा अटोमोटिभ्सले इन्फिल्ड मोटरसाइकलको मूल्य घटाएको छ । कम्पनीले केही समय अघी मात्र नयाँ मूल्यसूची सार्वजनिक गरेको थियो तर यो मूल्यसूची धेरै समय टिक्न नपाउँदै नयाँ मूल्यसूची ल्याएको हो ।
नयाँ मूल्यसूची अनुसार यसअघी ७ लाख रुपैयाँ रहेको क्लासिक ३५० ब्याटल ग्रिन, गन ग्रे, रेडिच रेड र एसको मूल्य अहिले ६ लाख ५० हजार रुपैयाँ रहेको छ । यसका साथै क्लासिक ३५० ब्ल्याकको मूल्य भने ६ लाख ४० हजार तोकिएको छ ।
कम्पनीले मेटियर ३५० फायरबल सबै कलर भेरिएन्टको मूल्य ८ लाख ३० हजार, मेटियर स्टेलरका सबै कलरको मूल्य ८ लाख ५० हजार र मेटियर सुपरनोभाका सबै कलरको मूल्य ८ लाख ७० हजार रुपैयाँ तोकेको छ ।
नयाँ मूल्यसूची
