एयरलाइन्सका क्याबिन क्रु सदस्यहरू ड्युटीमा नआएपछि शनिबार इन्डिगो एयरलाइन्सका आधाभन्दा बढी उडानहरू ढिलो गरी भए । एयरलाइन्सका धेरै कर्मचारीले गत शनिबार एकै दिन विरामी बिदा लिए ।
एकै दिन धेरै कर्मचारीले बिरामी बिदा लिए पनि उनीहरु खासमा बिरामी भएका थिएनन् । उनीहरु अधिकांश बिरामी बिदा लिएर एअर इण्डियामा जागिरका लागि अन्तर्वार्ता दिन गएको पाइएको छ ।
इन्डिगो, जो जहिले दिएको ठिक समयमा उडान गर्नमा परिचित छ, यसको ८५० भन्दा बढी उडानहरू निर्धारित समय भन्दा १५ मिनेट ढिला गरि उड्यो । एयरलाइन्सले शुक्रबार करिब एक हजार ६०० उडान गरेको थियो भने झण्डै ५० उडान रद्द गर्नुपरेको थियो । आक्रोशित यात्रुहरूले सामाजिक सञ्जालमा ढिलाइ भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
कर्मचारी अभावमा इण्डिगोको उडानमा ढिलाइ भएको बारेमा डायरेक्टोरेट जनरल अफ सिभिल एभिएशन डीजीसीएमा उजुरी पनि परेको छ ।