एउटा भनाई छ नि, जति सुकै सफलता हात पारे पनि हामीले हाम्रो विगतको परिस्थिति र पृष्ठभूमिलाई भुल्नु हुदैँन् । यो भनाईलाई मध्येनजर गर्दै भारतको महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले आफ्नो टेम्पो प्रेमलाई अझै आत्मसाथ गरिरहेका छन् ।
विगतका दिनहरुमा उनि मुम्बईका सडकहरुमा टेम्पो चलाईरहेका भेटिन्थे । मान्छे ओसारपसार गर्ने उनको दैनिकि थियो । त्यहिबाट उठेको नाफाले उनि गृहस्थी चलाउँथे । तर अहिले उनि महाराष्ट्रका मुख्यमन्त्री भएका छन् ।
ठूलो सफलता प्राप्त गरेपनि शिन्देले पहिला चलाउँने गरेको टेम्पो अहिले घरको ग्यारेजमा सजाएर राखेका छन् । उनले भारतको निर्वाचन आयोगमा दिएको शपथपत्रमा आफ्नो सवारी साधनसँगै आफ्नो टेम्पो पनि यथावत रहेको उल्लेख गरेका थिए । यो टेम्पो भने उनको श्रीमतीको नाममा रहेको भारतीय मिडियाहरुले जनाएको छ ।
एकनाथ शिन्देले २०१९ को विधानसभा चुनावका लागि निर्वाचन आयोगलाई दिएको शपथपत्रमा आफ्नी श्रीमतीको नाममा टेम्पोसहितको महिन्द्रा आर्माडा ग्रान्ड गाडी पनि उल्लेख गरेका छन्। उनको आफ्नो नाममा भने इनोभादेखि स्कर्पियोजस्ता सवारीसाधन छन् ।
महाराष्ट्रका शिवसेना नेता राजकदम धुले अनुसार, ‘उनि एक यस्तो नेता हुन्, जो आज पनि सडकमा जान्छन्, जहाँ उनले असफल जीवन बिताए। उनलाई त्यहाँका मानिसहरूले एकनाथ शिन्दे नभई ‘नेकनाथ शिन्दे’ भनेर बोलाउँछन् ‘।