Monday, June 5, 2023

गति र ह्यान्डलिङमा केन्द्रित रहेर एटुमोबाइलले गर्यो विद्युतीय बाइक लन्च, फुल चार्जमा १०० किमि रेन्ज

पछिल्लो समय भारतमा विद्युतीय सवारी साधनको माग बढीरहेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतीय बजारमा विद्युतीय सवारीको माग बढेको हो । यसैलाई मध्येनजर गरेर एटुमोबाइल नामको नयाँ विद्युतीय सवारी ब्राण्डले विद्युतीय बाइक ‘एटुमभिएडर’ सार्वजनिक गरेको छ ।

यो बाइक क्याफे रेसर ढाँचामा तयार गरिएको हो । यसको मतलब यो बाइक आरामदायी भन्दा पनि गति र ह्यान्डलिङ को लागी अनुकूल रहेको छ । कम्पनीले यसको भारतीय बजारमा प्रारम्भिक मूल्य भारु ९९,९९९ रुपैयाँ तोकेको छ । कम्पनीका
अनुसार यो बाइक अहिले प्रारम्भिक मूल्यमा खरिद गर्न सकिने तर १००० युनिट बिक्रि भएपछि यसको मूल्य बढ्ने छ । सर्वसाधरणले कम्पनीको आधिकारिक वेभसाइटबाट प्रि-बुकिङ गर्दा मात्र भारु ९९९ तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

हाललाई यो बाइक रातो, सेतो, निलो, कालो र ग्रे कलरको साथमा उपलब्ध रहेको छ । यो बाइकले एक पटक चार्जमा १०० किलोमिटरसम्मको रेन्ज दिने त यसको टप स्पीड ६५ किलोमिटर प्रतिघण्टासम्म पुग्ने कम्पनीले जनाएको छ । यो बाइकमा २.४ किलोवाट आवर ब्याट्री प्याक समावेश गरिएको छ । यसको बुट स्पेस १४ लिटरको छ। यो बाइकमा एलईडी इन्डिकेटर र टेलल्याम्प छन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here