गठबन्धनका शीर्ष नेतासहित विमानस्थल क्षेत्रको निरीक्षणमा बारा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढमै अन्तराष्ट्रिय विमानस्थल बनाउने बताएका छन् ।
उनले प्राकृतिक श्रोतको कम क्षति हुने गरी अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताएका हुन् । कम क्षतिमा २ वटा रनवे (धावनमार्ग) सहितको विमानस्थल बनाउन छलफल भैरहेको प्रधानमन्त्री देउवाले बताए ।