यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको आवेदन भर्दा वर्ग थपको सुविधा प्रदान गरेको छ । यातायात व्यवस्था विभागले जेठ ३१ गतेदेखि लागु हुनेगरि यो सुविधा थप गरेको थियो ।
अब एउटा वर्गमा रहेका चालकले अन्य प्रकारको सवारी चलाउनका लागि अर्को वर्ग थप्न सक्दछन् । यसको मतलब वर्ग ‘क’ मा कार, जिप तथा डेलिभरी भ्यान लाइसेन्स लिएर चलाइरहेका व्यक्तिले, मोटरसाइकल चलाउनु पर्यो भने वर्ग ‘ख’ थप गर्न सकिने छ ।
विभागले वर्ग थपको सुविधा पहिलो पटक ल्याएको हो । सर्वसाधरणले वर्ग थपको लागि यो लिंकमा गई आवेदन दिन सक्नेछन् ।
विभागले चैत्र १ गतेदेखि बन्द गरेको चालक अनुमति पत्रको आवेदन जेठ १ गते खोल्ने भनेता पनि स्थानिय निर्वाचनका कारण कर्मचारी अभाव भन्दै जेठ १६ गते खोलेको थियो ।