राष्ट्रिय झन्डा भएको हवाईजहाज, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ६५ वर्षको भएको छ । नेपाल वायुसेवा निगम स्थापना सन् १९५८ साल जुलाई १ मा भएको थियो । स्वदेश तथा विदेशमा हवाई यातायात सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापना भएको वायुसेवा ६५ वर्षको प्रवेश गरेको छ ।
डगलस डीसी र डकोटाबाट २५ सिट क्षमताको सेवा सुरु गरेको यसले अहिले वाइड बडी मार्फत सेवा प्रदान गरिरहेको छ । निगमले हाल भारतमा नयाँ दिल्ली, बैंगलोर र मुम्बई । त्यस्तै हङकङ, मलेसिया, थाइल्यान्ड, नारिता (जापान), दोहा (कतार), दुबई (संयुक्त अरब इमिरेट्स) र रियाद (साउदी अरब) सम्म अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।
त्यसैगरी नेपालको दुर्गम क्षेत्रमा आन्तरिक उडान सेवा प्रदान गर्दै आएको छ ।