भारत सरकारले पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ र डिजेलमा प्रति लिटर १३ रुपैयाँ रनिर्यात शुल्क ‘एक्सपोर्ट ड्युटी’ बढाउने निर्णय गरेको छ ।
नेपालले भारतसँग पेट्रोलियम पदार्थ खरिद गर्ने भएकोले अब नेपाललाई पेट्रोलियम पदार्थ आयात गर्दा महँगो पर्ने अनुमान लाउन सकिन्छ । भारतले निर्यात शुल्क बढाउने निर्णय गरेपछि अब नेपालमा मूल्य बढ्न सक्ने कुरा आएको हो ।
आन्तरिक बजारमा पेट्रोलियम पदार्थको अभाव नहोस् भनेर भारतले निर्यात शुल्क बढाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।