नेटा भीले नेपाली बजारमा राम्रो प्रदशन गरेसँगै सिजी मोटर्सले नेटाको सर्भिस सेन्टर खोल्ने भएको छ । कम्पनीले ललितपुर स्थित खुमलटारमा सर्भिस सेन्टर खोल्न लागेको हो ।
कम्पनीका अनुसार सर्भिस सेन्टरको काम धमाधम भईरहेको र चाडैं नै सन्चालनमा आउँने छ । सर्भिस सेन्टर आधुनिक र इलेक्ट्रिकमा केन्द्रित हुनेछ । कम्पनीले अबको ४ हप्तामा नेटा भीको बुकिङ भएका सबै ग्राहकलाई गाडी डेलिभरी गर्ने समेत जनाएको छ । डेलिभरी हुदैँ गर्दा यो सर्भिस सेन्टर पनि सन्चालनमा आउँने छ ।
यसका साथै कम्पनीले निकट भविष्यमा आफ्नो शोरुम देशभर नै विस्तार गर्ने योजना बनाएको छ । कम्पनीका अनुसार अबको ४ महिनामा ६ वटा महानगर पालिका र ६ महिनाभित्र १२ वटै उपमहानगरपालिका सहित अन्य ठूला सहरहरुमा गरी कुल २४ भन्दा बढी स्थानमा चार्जिङ स्टेशन राख्ने कम्पनीले जनाएको छ ।