काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले वडा कार्यालय र तन्त्र भेन्चर्स प्रालिसँग समन्वय गरी झम्सिखेलमा जडान गरिएको ट्राफिक लाइट सञ्चालनमा आएको छ। झम्सिखेलस्थित सरस्वती मन्दिर चोकमा रहेको यो ट्राफिक लाइट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले बिहीबार उद्घाटन गरेका हुन् ।
उद्घाटनको क्रममा उनले भने, ‘प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको छ । उनले सर्वसाधरणलाई नि सडक अनुशासन मान्न आग्रह गरेका छन् ।
ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकामा हाल ४० चोकहरुमा जडान गरेको छ भने १३ स्थानमा परीक्षण गरी सञ्चालनको प्रकियामा रहेको र ७ स्थानमा जडान कार्य गरिरहेको छ ।