राइड शेयरिङ एप टुटल एक हप्ताका लागि बन्द हुने भएको छ । टुटलका संस्थापक शिक्षित भट्टका अनुसार सिस्टम अपग्रेडको काम भइरहेकाले एक हप्ताका लागि सेवा बन्द हुने भएको हो । १ हप्तापछि नयाँ फिचरसहित एप फेरी सुचारु हुनेछ ।
टुटल शब्दको अर्थ हो “आरामदायी तरिकामा यात्रा गर्नु” । टुटल मात्र एक राइड सेयरिङ सेवा हो, जुन नेपालमा सन् २०१७ मा सुरु भएको थियो । साथै, यो नेपालमा राइड सेयरिङ सेवाको सुरुवातकर्ता हो । यसले नियमित ट्याक्सी भन्दा धेरै सस्तो बाइक सेवाहरू प्रयोग गर्न मानिसहरूलाई उत्साहित बनाएको थियो ।
प्रयोगकर्ताले यो एप प्रयोग गर्न GPS अन गरेर एप खोल्नु पर्छ र आफ्नो स्थानबाट गन्तव्यहरूमा सवारी बुक गर्न सकिन्छ । टुटल छिटै नै २०१७ को सबैभन्दा आशाजनक स्टार्टअपहरू मध्ये एक बन्यो । टुटल अनलाइन प्लेटफर्महरूमा अनुसन्धान गर्ने युवाहरूको समूहद्वारा सुरु गरिएको थियो । प्रारम्भमा टोली – आयुष सुवेदी, प्रिन्सी कोइराला, बिना लक्ष्मी श्रेष्ठ, शिक्षित भट्ट र अरू केहीले साझा बसहरू ट्र्याक गर्न सक्ने एप डिजाइन गरे । तर राज्यको स्वामित्वमा रहेको यातायात कम्पनीले एपमा खासै चासो देखाएन । पछि, सोही समूहले उबर, लिफ्ट र ओला जस्ता राइड सेयरिङ सेवा दिने एप डिजाइन गर्ने निर्णय गर्यो ।