सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा मिति असार १ गतेदेखि ९ गतेसम्म, ८९५ जना टाटा कमर्शियल गाडीका चालकहरुलाई ट्रेनिङमा प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमको नाम ‘राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम’ नाम दिइएको थियो । कार्यक्रमा चालकलाई भारतीय प्रदुषण मापदण्ड बीएस फोरको प्रविधि पक्ष सम्बन्धि ज्ञानका साथै, सुरक्षित ड्राइभिङ्ग, गाडी चलाउँदा चालकहरुले ध्यान दिनु पर्ने कुरा ,गाडीलाई लामो समयसम्म कन्डिसनमा राख्न के गर्नु पर्छ ? गाडी खर्चलाई न्यूनिकरण गर्ने उपाय आदिका बारेमा तालिम दिइएको थियो ।