नेपाली शिक्षा परिषद्ले विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको प्रयोग गर्न सरकारलाई आग्रह गरेको छ । परिषद्ले इम्बोस्ड नम्बर प्लेटमा रोमन लिपि (अंग्रेजी) मा रहने निर्णय सच्याउन आग्रह गरेको हो ।
शिक्षा परिषद्ले इम्बोस्ड नम्बर प्लेटमा, अहिलेसम्म लेखिँदै आएको देवनागरी लिपि नै हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसका साथै, परिषद्ले विदेशी भाषा सबैले नबुझ्ने र नेपालीको स्वाभिमान माथि माथि आघात पुग्न जाने जनाएको छ ।
२०७२ सालको संविधानले समेत सरकारी कामकाजको लागि देवनागरी लिपिमा लेखिने नेपाली भाषा प्रयोग हुनुपर्छ भनेर स्पष्ट उल्लेख गरेको भन्दै सरकारलाई देवनागरी लिपिमा नै नम्बर राख्न सुझाव दिएको छ ।