एलोन मस्कले भखरै एउटा घोषणा गरेका छन् कि टेस्लाले आगामी केही महिनादेखि आफ्नो हरेक कर्मचारीको तलबमा १०% कटौती गर्नेछ । मंगलबार ब्लूमबर्गको कतार इकोनोमिक फोरममा बोल्दै मस्कले संयुक्त राज्य अमेरिकामा चाँडै नै मन्दी आउने भविष्यवाणी गर्दै यो निर्णय आफुले लिएको बताएका छन् ।
मस्कले यो कटौती तलब पाउने कामदारमा मात्र लागू हुने भएकाले कम्पनीको कर्मचारी संख्यामा ३.५% कमी हुने बताए । नतिजाको रूपमा, टेस्लाले तलबमा भन्दा घण्टामा काम गर्ने कर्मचारीहरूको संख्या बढाउनेछ ।
आगामी मन्दीको सम्भावनाको बारेमा बोल्दै, मस्कले भने, ” यो निश्चित छैन, तर यो नहुने भन्दा हुने बढी सम्भावना देखिन्छ”। यस महिनाको सुरुमा, मस्कले टेस्लाका कार्यकारीहरूलाई सन्देश पठाउदै विश्वभरी अहिले नै नयाँ कामदरहरु खोज्न रोक्न निर्देशन दिएका छन् किनभने उनलाई चाँडै नै देशमा मन्दी आउछ जस्तो लागेको छ ।