इलेक्ट्रिक कार नेटा भीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नेटा भीको बुकिङ भएका गाडी २ हप्तापछि डेलिभरी गर्ने भएको छ । कम्पनीले हालसम्म ६४ युनिट गाडी बुकिङ प्राप्त गरिसकेको छ र अबको २ हप्तापछि डेलिभरी गर्न लागेको हो ।
कम्पनीका अनुसार चीनबाट अबको ४ हप्ता पछि ८० गाडी नेपाल भित्रिने र सोही अुनसार ग्राहकलाई डेलिभरी गर्ने जनाएको छ । कम्पनीले पहिलो लटमा ३० युनिट र दोस्रोमा ५० युनिट लेराउँन लागेको हो । बैंकमा डलरको कमिको कारण एकैचोटि धेरै लेराउँन सम्भव नभएको कारण दोस्रो लट गरि भित्र्याउने कम्पनीले जनाएको छ ।
कम्पनीले गाडी केरूङ नाका हुदैँ नेपाल भित्र्याउने तयारी गरिरहेको छ । फ्याक्ट्रीबाट वोर्डरसम्म आइपुग्न ८ दिनको समय लाग्ने र वोर्डरबाट २ दिनमै शोरुमसम्म गाडी आइपुग्ने कम्पनीले जनाएको छ ।
कम्पनीले नेटा भी नेपाली बजारमा जेठ २५ गते सार्वजनिक गरेको थियो ।