अहिले सामाजिक सन्जालमा गौशाला चोकको जामको क्रममा दुईवटा एउटै नम्बरको बाइक एकआपसमा रहेको फोटो भाइरल भईरहेको छ । यि दुबैजना अचम्मले एकअर्काको नम्बर हेरिरहेको फोटो भाइरल भएको हो ।
यि दुबैको मोटरसाइकलको नम्बर बागमती प्रदेश-०२-०२२ प २३८० रहेको छ ।
यसलाई मध्येनजर गरेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको थियो । ट्राफिक प्रहरी कार्यालयका अनुसार हाललाई एउटा मोटरसाइकलका चालक भने सम्पर्कमा आएको छ । उक्त चालकको बाइक एनएस प्लसर रहेको र कागजात हेर्दा भने सबै ठीकै भएको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले अर्को मोटरसाइकललाई पनि खोजिरहेको छ । अर्को मोटरसाइकल भक्तपुरतर्फ गएको सिसिटिभीमा देखिएको छ।