इन्धनको भाउ बढ्दै गएपछि जनताले आफ्नो यातायातको विकल्प खोजिरहेका छन् । धेरै मानिसहरु आफ्नो इन्धनबाट चल्ने गाडी बेचेर बिधुतिय गाडी रोज्न थालिसकेको छन् । त्यस्तै कश्मीरका एक व्यक्ति आफ्नो रचनात्मक आविष्कारका लागि भाइरल भइरहेको छन् । उनले आफ्नै खोज र मिहेनतले आफैँ सौर्य ऊर्जा द्वारा संचालनहुने कार बनाएका छन् ।
श्रीनगरका गणित शिक्षक बिलाल अहमदले, लक्जरी कारहरू जस्तै ढोका खोलिने सेडानका फोटोहरू भाइरल भएपछि अनलाइनबाट प्रशंसा पाइरहेका छन् । अनलाइनमा भाइरल भएको फोटोमा कारको लगभग सबै भागहरुमा, बोनेटदेखि पछाडिको विन्डशील्डसम्म सोलार प्यानल देखिन सकिन्छ ।
एक दशकभन्दा बढी समयदेखि परियोजनामा काम गरेका अहमद यस गाडीलाई सर्वसाधारणका लागि सस्तो संस्करण बनाउन चाहन्छन् । ‘मर्सिडिज, फेरारी, बीएमडब्लु जस्ता कारहरू आम मानिसका लागि सपना मात्र हुन् । मैले यस गाडीबाट हरेक मानिसहरूलाई विलासी अनुभूति दिन सोचेको हु”, उनले भने । “कसैले मलाई आर्थिक सहयोग गरेनन् । यदि मैले आवश्यक सहयोग पाएको भए सायद म कश्मीरको एलोन मस्क बन्ने थिएँ,” श्री अहमदले भने ।
सुरुमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सवारी साधन उपलब्ध गराउने योजना बनाए पनि आर्थिक अभावका कारण उनको योजना साकार हुन पुगेन । त्यसपछि, इन्धनको मूल्यवृद्धिको बारेमा बढ्दो चिन्ताको बीचमा, उनले यसलाई सौर्य ऊर्जामा चल्ने कारमा परिणत गर्ने योजना बनाए ।
अनि, ११ वर्षको कडा परिश्रम र अनुसन्धान पछि, उनले अन्ततः आफ्नो सपना पूरा गरे । मिडियासँग कुरा गर्दै अहमदले आफ्नो गाडीका लागि कम सौर्य ऊर्जामा पनि अधिकतम ऊर्जा उत्पादन गर्ने मोनोक्रिस्टलाइन सोलार प्यानल प्रयोग गरेको बताए ।